पछिल्लो अपडेट : वाग्लेलाई दोब्बरभन्दा बढी मतको अग्रता, कसले पाए कति मत ?

काठमाडौँ । तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ ।

आज बिहान ७ बजेसम्म १०६३८ मत गणना हुँदा वाग्लेले ५९०० मत पाएका छन् । उनको पछिपछि रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा २६८७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल १६५७  मत पाउँदै तेस्रो स्थानमा रहेका छन् ।

तनहुँ १ मा कुल ९ उम्मेदवार रहेका छन् । आइतबार उपनिर्वाचन भएका चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को भने मतगणना सुरु भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seventeen =