वृत्या अरविन्द र मुहम्मद वसिमको शतकमा सिंगापुरमाथी युएईको सानदार जित

काठमाडौँ । कप्तान मोहम्मद वासिम र वृत्य अरविन्दको विष्फोटक शतक सँगै युएईले एसिसी प्रिमियर कपमा सिंगापुरलाई पराजित गरेको छ ।

टियु स्थित कीर्तिपुर मैदानमा भएको खेलमा युएईले २ सय १ रनको फराकिलो अन्तरले जित हासिल गरेको छ ।

युएईले दिएको ४ सय ७२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७० रन मात्र बनाएको थियो ।

सिंगापुरका लागि मनप्रित सिंहले ६४ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ६६ रनको अर्धशतकीय ईनिङ खेले । भने, थिलिपन उमीदुराईले ५६ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले ।

त्यस्तै, सुरेन्द्रर चन्द्रमोहन र कप्तान अरित्र दत्तले समान ३८/३८ रन बनाउँदा विनोथ बसकरनले १८ रन बनाए ।

युएईका लागि सचिन शर्मा,कार्तिक मैयप्पन र आयान खानले समान २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई अन्तिम बलमा अलआउट हुँदै ४ सय ७१ रन बनाएको हो । युएईका लागि कप्तान तथा ओपनर मुहम्मद वासिम र वृत्य अरबिन्दले शतकीय ईनिङ खेले ।

वासिमले ८२ बलमा ९ चौका र १६ छक्काको सहयोगमा १ सय ६० रन बनाए । वासिमले ८२ बलमा आफ्नो शतक पूरा गरेका थिए । शतक बनाएको १७ बल पछि उनले १ सय ५० रन पूरा गरेका थिए ।

अरबिन्दले १ सय ३३ बलमा १७ चौका र ७ छक्काको सहयोगमा १ सय ७४ रन बनाए । अरबिन्दले ९६ बलमा शतक पूरा गरेका थिए । अर्को ३० बलमा उनले १ सय ५० रन पूरा गरे ।

आयान खानले ५० बलमा ९ चौका र ३ छक्काको सहयोगमा ७४ रनको अर्धशतकीय ईनिङ खेले ।

सचित शर्मा ८ बलमा १६ रन बनाउँदै अविजित रहे । युएईका खेलाडीहरुले २६ छक्का र ४१ चौका प्रहार गरेका थिए ।

सिंगापरका लागि अदिद्य भार्गभले ४ र रमेश कलिमुथुले ३ विकेट लिए । विनोद बसकरनले २ विकेट लिए । पछिल्लो पाँच ओभरमा युएईले पाँच विकेट लिएर ७१ रन बनाएको थियो ।

वैशाख १८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल भने वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =