चितवन-२ मा खस्यो १७ प्रतिशत मत

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा १७ प्रतिशत मतदान भएको छ । सहायक मतदान अधिकृत ईश्वरी आचार्यकाअनुसार बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको हो ।

बिहानैदेखि चितवनमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ । त्यहाँका ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको हो ।

चितवन २ मा गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपाबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने मुख्य उम्मेदवार छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =