अनुगमनमा रहेका रविलाई शुभकामना दिने र सेल्फि खिच्नेको लाइन
२०८० वैशाख १० गते

फाइल फोटो
काठमाडौँ । उपनिर्वाचन अन्तर्गत चितवन २ मा मतदान भइरहेको छ । महत्त्वका साथ हेरिएको यस क्षेत्रमा कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ ।
अहिले रास्वपाका सभापतिसमेत रहेका उम्मेदवार रवि लामिछाने विभिन्न मतदान केन्द्रमा पुगिरहेका छन् । उनले मतदान गर्न नपाउने भएपनि मतदान केन्द्रको अनुगमन गरिरहेका हुन् ।
यसबचि उनलाई मतदाताहरूले शुभकामना दिइरहेका छन् भने उनीसँग सेल्फि खिच्नेको पनि उस्तै लाइन देखिन्छ ।
उनले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै आफूहरूले कसैसँग चुनावी तालमेल नगरेको बताएका छन् । ‘बारा, तनहुँ र चितवन तिनै ठाउँमा भोट घण्टीलाई नै हो । ठूला पार्टीका ठूला नेता ज्यु, आफ्ना फेक न्युज कारखाना बन्द गर्नुस् नत्र जनताले तपाईँको राजनीति बन्द गर्छन्,’ उनले भनेका छन् ।
२०८० वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित








