सय दिनमै ढल्यो गण्डकीमा एमालेकाे सरकार

पोखरा । गण्डकी सरकार ढलेको छ । पुस २५ गते माओवादी र राप्रपाको समर्थनमा बनेको एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार १ सय १ दिनमै ढलेको हो ।

माओवादीले चैत १० गते समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए । शनिबार मुख्यमन्त्री अधिकारीले संसदमा विश्वासको मत मागेका थिए । उनको पक्षमा २४ मत परेको छ ।

ठूलो दल कांग्रेस र तेस्रो दल माओवादी सहित स्वतन्त्र सांसद विपक्षमा उभिए । मत विभाजनअघि अधिकारीले लामो लिखित वक्तव्य दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *