केन्द्रीय नेतृत्वमाथि खनिए गण्डकीका मुख्यमन्त्री अधिकारी
२०८० वैशाख ९ गते

पोखरा । केन्द्रीय राजनीतिक दाउपेचका कारण सत्ता च्युत भएका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी केन्द्रीय नेतृत्वप्रति खनिएका छन् । अघिल्लो वर्ष बजेट निर्माणमा संघ सरकारले अनधिकृत व्यक्तिहरू प्रवेश गराएको आरोप लगाए ।
जनताको हितको पक्षमा काम गरिरहेको अवस्थामा समर्थन फिर्ता लिँदा प्रदेश माथि प्रश्न उठेको उनले बताए ।
‘नैतिकता बिर्सिएर जसरी पनि सत्तामा पुग्ने मानसिकताले अस्थिरता निम्तिएको छ । एमालेलाई दिएको समर्थन २ महिना नहुँदै फिर्ता लिनु उचित हो त ? उनले प्रश्न गरे, ‘मेरो छोटो कार्यकालमा धेरै राम्रो कामको थालनी गरेको छ ।’
विपक्षी दलको समेत विश्वास जितेर काम गरिरहेको उनको दाबी छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण अस्थिरता आएको आरोप लगाएका छन् ।
२०८० वैशाख ९ गते
प्रतिक्रिया
सम्बन्धित








