गण्डकीका मुख्यमन्त्री अधिकारीले संसदमा मागे विश्वासको मत

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका संसदमा प्रस्ताव पेस गरेका छन् । माओवादीले चैत १० गते सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सोही दिनदेखि अल्पमतमा परेका अधिकारीले संविधानको धारा १८८ (२) बमोजिम संसदमा प्रस्ताव प्रस्तुत गरेका हुन् । उक्त व्यवस्था अनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मतको लागि प्रस्ताव गर्नुपर्ने उल्लेख छ ।

उनले केन्द्रको निर्देशनमा रातारात समर्थन फिर्ता लिँदा प्रदेशप्रति गम्भीर हुन नसकेको आरोप लगाएका छन् । अधिकारी माओवादी र राप्रपाको समर्थनमा पुस २५ गते मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *