असल संस्कार भएका कम्युनिस्ट बन्ने बारे वृहत छलफल र बहस गर्न जरुरी छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा विकृतिको भारी रहेको बताएका छन् ।

शनिबार काठमाडौँ आयोजित कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको कम्युनिस्ट आन्दोलनमा पनि विकृतिको चाङ रहेको दाबी गरे । उनले कम्युनिस्ट आन्दोलनमा र राजनीतिमा व्यक्तिवादको रोग हाबी भएको बताए ।

उनले सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्व शक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त रहेको पनि बताए । उनले अरूलाई मान, सम्मान, मर्यादा गर्ने नभई सबैलाई अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति व्याप्त रहेको दाबी गरे । उनले कसरी असल संस्कार भएका कम्युनिस्ट बन्ने भन्नेबारेमा वृहत छलफल र बहस गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘अहिले नेपालको राजनीतिमा वा कम्युनिस्ट आन्दोलनमा भन्ने हो भने एक भारी विकृतिहरू विद्यमान छन् । व्यक्तिवादको रोग लागेको छ । भ्रष्ट करणको प्रवृत्ति व्याप्त रहेको छ । सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्व शक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त छ ।

अरूलाई मान, सम्मान, मर्यादा गर्ने होइन, अरू सबैलाई बडो अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति व्याप्त छ । यी सबै कुराको सन्दर्भमा हामी कसरी असल संस्कार भएका कम्युनिस्ट हुन सक्छौँ, असल भावना भएका कम्युनिस्ट हुन सक्छौँ रु कस्तो किसिमको आदर्शलाई हामी अंगकिार गर्न चाहन्छौँ, यी सबैमा खुला बहस गर्न आवश्यक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =