सन्दीपले बनाए ओडिआईमा छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् ।

एसीसी प्रिमियर कपअन्तर्गत त्रिवि क्रिकेट मैदानमा शुक्रबार भइरहेको ओमानविरुद्ध खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

शुक्रबारको खेलमा सन्दीपले ओमानका अदिल शफिकलाई आउट गरेपछि उक्त कीर्तिमान कायम गरेका हुन् ।

यसअघि अफगानिस्तानका खेलाडी राशिद खानले बनाएको ४४ खेलमा १०० विकेट कीर्तिमान उनले तोडेका हुन् ।

सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध ओडिआई खेलेर सन्दीपले ओडीआईमा डेब्यु गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *