भारतीय प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

भारतीय प्रधानमन्त्री मोदीले आज उनको स्वास्थ्य लाभको कामना गर्दै पठाएको सन्देश प्राप्त भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। राष्ट्रपति पौडेल उपचारका लागि आज भारत प्रस्थान गरेका हुन्।

उनको स्वास्थ्य परीक्षण तथा उपचार नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा आज दिउँसोदेखि सुरु भएको दूतावासले जनाएको छ। चिकित्सकको निगरानीमा रहेका राष्ट्रपति पौडेलको स्वास्थ्यावस्था स्थिर रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fourteen =