बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न राजेन्द्र पाण्डेको माग

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेले अलपत्र अवस्थामा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्यलाई तत्काल सुरु गर्न सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

मुलुकको सबैभन्दा ठूलो सो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नचाहेको देखिएको उल्लेख गर्दै उनले त्यसको कारणबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने पनि बताए । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष पाण्डेले समय सीमा निर्धारण गरेर सो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन सरकारले ढिलाइ गर्न नहुने पनि पटक पटक दोहोर्याका छन् । उनले भने ‘राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजना अलपत्र अवस्थामा रहेको छ । आयोजना निर्माणका लागि मोडालिटी पनि तयार भइसकेको छ । अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण सेयर होल्डर बनेर यसको निर्माण कम्पनी पनि बनिसकेको छ । र, यो यति ठूलो कम्पनी हो । यो आयोजना निर्माणका सरकारको ध्यान पुगेन । अहिलेसम्म पनि अलमलमै छ । म सभामुखमार्फत यो आयोजना तत्काल निर्माण गर्ने गरी यो सुरुवात गरियोस् । म सरकारलाई चाँडो भन्दा चाँडा यो रोष्टममा आएर उभिएर हामी यतिसाल भित्र यो आयोजनालाई सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु गर्छौँ भनेर बोल्नका लागि सभामुखबाट रुलिङहोस् भन्ने माग गर्न चाहन्छु ।’

उपाध्यक्ष पाण्डेले सो आयोजना निर्माणको काम छिटो सम्पन्न गर्न सके मुलुकमा ठूलो आर्थिक योगदान पुग्ने र रोजगारीको अवसर सृजना हुनेतर्फ सरकारलाई सचेत गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − twelve =