प्रधानन्यायाधीश नियुक्तिको निर्णय गर्न संवैधानिक परिषद्को बैठक

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संवैधानिक परिषद्को बैठक जारी छ । बिहान ८ बजे बस्ने भनिएको बैठक केही समय ढिला गरी सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी भएका छन् ।

आजको बैठकले प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल गरी निष्कर्षमा पुग्ने बताइएको छ । लामो समयसम्म न्यायालय कायममुकायमको नेतृत्वमा रहेकाले यथाशीघ्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने विषयमा तीन दलका शीर्ष नेताहरूबीच सहमति भएको थियो ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न संवैधानिक परिषद्को बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + thirteen =