गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै मिटर ब्याज पीडितले गरे प्रदर्शन

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याज पीडितले काठमाडौँकाे माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् ।

सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइतेसमेत भएका उनीहरुले मंगलबार दिउँसो गृहमन्त्री श्रेष्ठविरुद्ध चर्काे नारा लगाउँदै काठमाडौँको माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन् । आफूहरुको माग सम्बोधन गर्नुको साटो साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासनलगाएर दमन गरेकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको उनीहरुले बताएका छन् ।

सोमबार (हिजो) काठमाडौँको शान्तिवाटिकामा प्रहरीसँगको झडपमा परी उनीहरु मध्ये केही घाइतेसमेत भएका थिए । शान्तिपूर्ण आन्दोलनमा रहेका आफूहरुलाई सरकारले दमन गरेको भन्दै मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले आपत्ति जनाए । उनले आफूहरुको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिए ।

मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न सरकारले बनाएको छानविन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षले गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *