मिटरब्याज पीडित र प्रहरीबीच झडप, केही घाइते

काठमाडौँ । मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । काठमाडौँको शान्तिवाटिकामा बसेर आन्दोलन गर्दै आएका पीडितले सोमबार सिंहदरबारको मुख्य गेट वरपर प्रदर्शन गर्न ब्यानरसहित निस्कन लागेपछि प्रहरीसँग झडप भएको हो ।

पीडितको तयारी बुझेपछि बिहानैदेखि शान्तिवाटिका क्षेत्रमा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको थियो । झडपका क्रममा प्रहरीले मिटरव्याज पीडितलाई पानीको फोहरा र लाठी प्रहार गरेको छ ।

झडपका क्रममा केही पीडित घाइते समेत भएका छन् । उनीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सरकारले पीडितको एक समूहसँग १८ चैतमा सरकारले सहमति गरे पनि उक्त सहमतिले पीडितको समस्या समाधान नभएको भन्दै अर्को समूह पुनः आन्दोलनमा उत्रिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *