प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्काे बैठक राख्ने ३ दलबीच सहमति
२०८० वैशाख ४ गते

काठमाडौँ । प्रमुख ३ दलका शीर्ष नेताकाे बैठकमा प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति जुटेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे निजी निवास बालकाेटमा साेमबार बिहान बसेकाे बैठकमा यस्ताे सहमति भएकाे नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।
उनकाका अनुसार प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएकाे हाे ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए ।
२०८० वैशाख ४ गते
प्रतिक्रिया
सम्बन्धित








