अमेरिकामा गोली चल्दा चारजनाको मृत्यु, कैयौँ घाइते

अमेरिकाको अलाबामा राज्यको एउटा सानो सहरमा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन्।

राज्यको राजधानी मोन्टगोमरीको उत्तरपूर्वमा रहेको डाडेभिलस्थित एक डान्स केन्द्रमा शनिबार राति स्वीट १६ नामक जन्मदिनको पार्टीमा कम्तीमा २० जनालाई गोली लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अलाबामाको कानून प्रवर्तन एजेन्सीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अहिले चार जनाको मृत्यु भएको पुष्टि भएको छ र धेरै घाइते भएका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =