सुनसरीमा प्रहरी र लघुवित्त पीडितबीच झडप, ३ जना घाइते

विराटनगर । सुनसरी सदरमुकाम इनरुवामा लघुवित्त पीडित र पीडितबीच झडप भएको छ । पूर्वपश्चिम राजमार्गको इनरुवाको बस स्टेसन चौकमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले राजमार्गमै सुतेर यातायात ठप्प पार्न खोजेका थिए । प्रदर्शनकारीले सडक अवरुद्ध गर्न थालेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको हो ।

झडपमा दुई प्रहरी सहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिए । यातायात ठप्प पार्ने प्रदर्शनकारीलाई हटाउने क्रममा प्रहरीमाथि ढुंगामुडा भएपछि दुई जना प्रहरी र एक जना प्रदर्शनकारी महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइते तीनै जनाको जिल्ला अस्पताल इनरुवामा उपचार पश्चात् डिस्चार्ज भएका छन् । झन्डै २ सय ५० जना प्रदर्शनकारीमध्ये २ सयभन्दा बढी महिला रहेका थिए ।

प्रहरीको संमयमताले ठुलो क्षति हुन नपाएको प्रहरीको दाबी छ । विगत एक महिनायता विभिन्न लघुवित्त संस्थाबाट पीडित भएकाहरूले इनरुवामा प्रदर्शन गर्दै आएका छन् । यसअघि उनीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउनुका साथै धर्ना समेत दिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *