नन्दाले खाइन् भौतिक पूर्वाधार राज्यमन्त्रीको शपथ 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नन्दा शर्मा चपागाईं भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन् ।

आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनीयताको शपथ खुवाए । उनी राष्ट्रियसभा सदस्य हुन् ।

एकीकृत समाजवादीबाट यसअघि नै भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश ज्वाला बनिसकेका छन् ।

गठबन्धन सरकारमा एकीकृत समाजवादीले दुई मन्त्री र एक राज्यमन्त्री पाएको हो। यो पार्टीबाट अर्का एक मन्त्रीमा बेदुराम भुसाल छन् । उनी कृषिमन्त्री हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *