प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ५ गते मङ्गलबार दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ ।

आजको बैठकमा एक सन्देश टेबुल हुनाका साथै विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७७’ र ‘भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७’का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सभामा टेबुल गरेका हुन् ।

यसैगरी राष्ट्रियसभाबाट सन्देशसहित प्रतिनिधिसभामा प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *