वैशाख ३ गते : कुन-कुन प्रदेशमा छ बदली र वर्षाको सम्भावना ?

काठमाडौँ । देशका तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान हाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको छिटपुट वर्षाको समेत सम्भावना रहेको छ ।

राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 14 =