दोस्रो विष्णु गैरे स्मृति टेनिस टुर्नामेन्ट २०८० शनिबार सम्पन्न

काठमाडौँ । मण्डीकाटार टेनिस क्लबद्वारा आयोजित दोस्रो विष्णु गैरे स्मृति टेनिस टुर्नामेन्ट २०८० सम्पन्न भएको छ । १० दिन अघिदेखि संचालन गरिएको उक्त टुर्नामेन्ट शनिबार सम्पन्न भएको हो ।

स्व.विष्णु गैरेको सम्झनामा आयोजना गरिएको खेलमा ३२ जना खेलाडीहरूको सहभागिता रहेको थियो ।

सो खेलमा राजेन्द्र सिंह भण्डारी र सुदर्शन विष्टको जोडी प्रथम भए, भने मेघेन्द्र प्रकाश गिरी र यूवराज थापाको जोडी दोस्रो भए ।

खेल समापन कार्यक्रमका प्रमुख अतिथि डा. भगवान कोइराला र स्व.विष्णु गैरेकी श्रीमती लक्ष्मी गैरेले पुरस्कार वितरण गरेका थिए ।

उक्त खेलमा विभिन्न क्षेत्रमा योगदान युर्याउने हेमराज ढकाल, उत्तम कुमार लामा, राजु क्षेत्री, राजेन्द्र सिंश भण्डारी, जनक थापा,मनोज राणा, झुलेन्द्रमान शाक्य, छेतेन नोरकेल र विमल गुरुङ र मेघेन्द्र प्रकाश गिरीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

साथै, टेनिसको संवर्द्धन तथा प्रवर्द्धनमा सहयोग पुर्याएका उनीहरूलाई सम्मानपत्र प्रदान समेत प्रदान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *