गोली लागेर घाइते वर्षमानकी आमा खतरामुक्त
२०८० वैशाख २ गते

काठमाडौँ । गोली लागेर घाइते नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तिर्थमालीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । शुक्रबार राति साढे ९ बजे बालुवाटरस्थित वर्षमानका दाइको घरमा बसिरहेको बेला गोली लाग्दा घाइते भएकी उनको अवस्था खतरामुक्त रहेको हो ।
खुट्टामा गोली लागेर ट्रमा सेन्टरमा उपचाररत तिर्थमालीको अवस्था सामान्य रहेको पारिवारिक स्रोतले बताएको छ । घरमा बसिरहेको बेला अचानक नातिसमेत रहेका प्रहरी सहायक हवलदार प्रकाश पुनमगरले बोकेको पेस्तोल पड्किएपछि तिर्थमालीलाई गोली लागेको थियो ।
हवलदार पुनमगरले आफैँले प्रहरीकोमा आत्मसमर्पण गरेका छन् । गोली हान्ने नियतले नभई दुर्घटनावश पेस्तोल पड्किएको प्रहरी स्रोतको दाबी छ यद्यपि, घटनाबारे अनुसन्धान जारी छ । उनी कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षा टिममा खटिएका सहायक हवलदार समेत हुन् ।
- सम्बन्धित समाचार
कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका ‘हवलदार’को पेस्तोलबाट चलेको थियो गोली
बालुवाटारस्थित घरमा गोली चल्दा वर्षमान पुनकी आमा घाइते
२०८० वैशाख २ गते
प्रतिक्रिया
सम्बन्धित








