देशको समृद्धिका लागि चरित्रवान नेतृत्व आवश्यक हुन्छ : नारायणकाजी श्रेष्ठ (भिडिओ)

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक रूपान्तरण र समृद्धिका लागि चरित्रवान नेतृत्वको आवश्यक हुने बताएका छन् ।

प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहमा आज आयोजित धम्मवती गुरुमा विशेष सामूहिक धम्मपूजामा उनले सचरित्रवान व्यक्तिलाई राजनीतिमा स्थापित गर्न सके मात्र प्रणाली र व्यवस्था परिवर्तनको जनताले महसुस गर्न सक्ने बताए ।

“राजनैतिक प्रणाली र व्यवस्था परिवर्तनले मात्र पुग्दैन । आजको प्रदूषित राजनीतिलाई सफा गर्न जरुरी छ,” उपप्रधानमन्त्री श्रेष्ठले भने, “चरित्रवान, स्वच्छ र निस्वार्थ व्यक्तिलाई राजनीतिमा स्थापित गरेर र राजनीतिलाई सफा गरेर मात्र समाजको रूपान्तरण र समृद्ध नेपाल बनाउन सक्छौँ ।” उनले नेतृत्वको चरित्र निर्माणका लागि बौद्ध शिक्षा महत्त्वपूर्ण हुने बताए ।

उनले गृह मन्त्रालयअन्र्तगत ध्यानको शिविर नियमितरुपमा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । उनले भिक्षुणी धम्मवती गुरुमाको धार्मिक तथा सामाजिक योगदान प्रशंसनीय भएको बताउँदै भने, “उहाँको योगदानका आधारमा उहाँ नेपालको अन्तर्राष्ट्रिय धर्मदूत हुनुहुन्छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौँ महानगरपालिकालाई सिंहदरबार, शीतल निवास र बालुवाटारको फोहोर उठाउँदिन भन्न नमिल्ने बताए । कुनै एउटा सन्दर्भलाई लिएर काठमाडौँ महानगरपालिका मेयर बालेन साहले भनेको प्रसंगलाई उधृत गर्दै उनले त्यसो भन्न मिल्छ कि मिल्दैन ? भनेर सोची दिन पनि आग्रह गर्नु गरे । उनले भने, ‘म काठमाडौँ महानगरपालिकाको उपमेयरज्यूले जुन सत्वचत यहाँ बोल्नु भो । त्यो सद्बचनले एउटा कुरा गरोस् भन्ने कामना पनि गर्न चाहन्छु । त्यस्तो सत्बचन भएको, सत्यको पक्षपाती हुनु भएका उपमेयर हुनु भएका काठमाडौँ महानगरपालिकाले कुनै एउटा सन्दर्भलाई लिएर सिंहदरबारको फोहोर नउठाउने, राष्ट्रपति कार्यालयको फोहोर उठाउँदिन, बालुवाटारको फोहोर उठाउँदिन भन्न मिल्ला नि नमिल्ला ? एकचोटी यसो यहाँ (छाती)मा हात राखेर सोच दिनु भए धेरै गुण लाग्थ्यो । त्यतातिर पनि म ध्यानाकर्षण गराउन चाहन्छु ।

धम्मपूजा कार्यक्रममा काठमाडौँ महानगरपालिकाको उपमेयर सुनिता डङ्गोलले धम्मवती गुरुमाको बुद्ध धर्मको प्रचारप्रसार र सामाजिक क्षेत्रमा योगदानबारे चर्चा गरे । उनले भने, “झण्डै २० वर्षअघि मैले उहाँको शिष्य बन्ने अवसर पाएको थिए । म राजनीतिमा प्रवेश गर्नुको प्रेरणा पनि उहाँ नै हो ।” उपमेयर डङ्गोलले महानगर धर्मकीर्ति विहारको स्थापना र सञ्चालनमा सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

विक्रम संवत् १९९१ मा ललितपुरमा जन्मीनुभएको भिक्षुणी धम्मवतीको रुपमा बौद्धज्ञान बाँड्दै आउनुभएको छ । धम्मवती गुरुमाले नेपालमा बौद्ध शिक्षाबारे सबैलाई जानकार गराउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा धर्मकीर्ति विहार संरक्षण कोषले ‘धम्मवती धम्म प्रशिक्षण परियोजना’को घोषणा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 14 =