गण्डकीका मुख्यमन्त्री अधिकारीले संसद ‘फेस’ गर्ने, बोलाए प्रदेश सभा बैठक
२०७९ चैत ३० गते

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ‘संसद फेस’ गर्ने भएका छन् ।
विहिबार बसेको मन्त्रीपरिषद् बैठककले ८ गतेका लागि संसद बैठक डाक्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
‘८ गते संसद डाक्न अनुरोध गर्ने निर्णय गरिएको छ,’ क्याविनेटका एक मन्त्रीले भने ।
अहिले संसद अधिवेसन बन्द छ । बर्खे अधिवेसन समेत सुरु हुने बेला भएको छैन ।
मुख्यमन्त्रीले संसदबाट परीक्षण भएर अघि बढ्ने यसअघि नै प्रतिक्रिया दिइसकेका छन् ।
२०७९ चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित








