सिरहामा मुद्दा फाँटका प्रहरी सहायक निरीक्षक घुससहित रंगेहात पक्राउ

जनकपुरधाम । सिराहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सचिन भदैसवार घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले प्रहरी सहायक निरीक्षक भदैसवारलाई घुस रकम ९ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

भदै सवार मुद्दा फाँटमा कार्यरत थिए । एउटा मुद्दा मिलाइदिने भनेर सेवाग्राहीबाट घुस रकम लिए लगत्तै इलाका प्रहरी कार्यालय नजिकैबाट उनलाई पक्राउ गरिएको छ ।

सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवालिम्बुले प्रहरी सहायक निरीक्षक भदैसवारलाई अख्तियारको टोलीले पक्राउ गरेको म्यासेज पाएको बताए । उनका अनुसार थप विवरण आएको छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =