रास्वपाको केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक सरेको छ । अहिले ९ बजेका लागि बोलाइएको बैठक ५ घण्टापछि सारिएको हो ।

सांसद डा. ढाकाकुमार श्रेष्ठबारे निर्णय गर्ने भनिएको बैठक अब दिउँसो २ बजेपछि बस्ने महामन्त्री मुकुल ढकालले जानकारी दिए । उनकाअनुसार केन्द्रीय सदस्यहरू उपत्यका बाहिर पनि रहेकोले बैठक सारिएको हो । रास्वपाका सभापति रवि लामिछाने र अधिकांश केन्द्रीय सदस्यहरू उपनिर्वाचन प्रचारप्रसारका लागि उपनिर्वाचन हुने क्षेत्रमा छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठबारे निर्णय गर्नेछ । अडियो टेपको छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समितिले मंगलबार उनको बयान लिएको थियो । बयानपछि समितिले मंगलबार नै पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको छ ।

सांसद श्रेष्ठ र व्यवसायी प्रसाईँबीच रकम लेनदेनको अडियो सार्वजनिक भएपछि राजनीतिमा नयाँ तरंग आएको छ । केन्द्रीय समितिको बैठकका निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने महामन्त्री ढकालको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =