गोरखा केन्द्रविन्दु भएर भूकम्प

गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर मंगलबार साँझ ६ बजेर ५० मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का गोरखा, लमजुङ लगायत जिल्लामा महसुस गरिएको थियो।

यसअघि चैत १८ गते दोलखाको सुरी केन्द्रविन्दु भएर ५.२ र सोही दिन लमजुङको मालिङ केन्द्रविन्दु भएर ३.८ रेक्टरस्केलको भूकम्प गएको थियो।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =