ढाकाको अडिओ प्रकरणबारे अनुशासन समितिले आज प्रतिवेदन बुझाउँछ : डोलप्रसाद अर्याल

काठमाडौँ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय अनुशासन समितिको बैठक जारी छ । बिहान ११ बजेपछि सुरु भएको बैठक हालसम्म पनि जारी रहेको उपसभापति डोलप्रसाद अर्यालले बताए ।

हाल रास्वपा पार्टीमा डा. ढाकाकुमार श्रेष्ठले आफू मन्त्री हुने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई करोड रुपियाँ मागेको अडियो बाहिरिएपछि श्रेष्ठलाई पार्टीबाट निलम्बन गरिएकाे छ ।

सास्वपाको अनुशासन समितिमा संयोजक प्राध्यापक डा. भरतमणि देवकोटासहित ४ सदस्यीय समिति छ । सो समितिले आज बेलुकासम्ममा केन्द्रीय कमिटीलाई प्रतिवेदन बुझाउने र सो प्रतिवेदनका आधारमा श्रेष्ठलाई कारवाही गर्ने नगर्ने निर्णय हुने अर्यालले बताए ।

उनले मकालुखबरसँग भने, ‘गल्ति हो की होइन, समितिको अध्यानपछि थाहा हुन्छ । अनुशासन समितिले रिपोर्ट बुझाएपछि केन्द्रीय समितिले थप अध्ययन गर्ने हो या एक्कसन लिने हो निर्णय हुन्छ । अहिले प्रतिवेदन नआएसम्म यसै भन्न सकिन्न । अनुसन्धान समितिमा निष्पक्ष समिति छ । त्यहाँको निर्णयमा कुनै खोट हुन्न ।’

उनले ठुलो पार्टीमा राम्रा नराम्रा मान्छेले प्रवेश गरिहाल्ने बताउँदै पार्टी र समाजमा आँच आउने काम गर्नेलाई आफ्नो पार्टीले संरक्षण नगर्ने समेत बताए । उनले भने, ‘हामी पार्टीको मान्छे भनेर गल्ती गरेकै हो भने छाड्ने अवस्थामा छैनाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =