थप सातको चन्दा मागेको अडियो सार्वजनिक गर्दै दुर्गा प्रसाईँ

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँ राष्ट्रिय स्वतन्त्र पार्टीकै थप तीन सांसदहरुको अडियो बाँकी रहेको बताएका छन् । उनले त्यो अडियो पनि चाँडै सार्वजनिक गर्ने बताएका हुन् ।

आफुसँग ७ जना अन्य सांसदहरुको यस्तै प्रकारको अडियो रहेको उनको दाबी छ । ‘मंसँग ढाकाकुमार श्रेष्ठ बाहेक नै तीन जना रास्वपा सांसदको अडियो छ । जनतामाथि कुठाराघात भएको छ । सबै भन्दा कान्छो पार्टी पनि यस्तो हालत भएपछि भण्डाफोर गरेको हुँ,’ उनले भने ।

नयाँ राजनीतिक दलका रूपमा उदाएका व्यक्ति नै भ्रष्टाचारमा संलग्न भएको भन्दै उनले रवि लामिछानेको पार्टी डेढ महिना पनि नपुगी भ्रष्टाचारमा लिप्त भएको बताए । ‘श्रेष्ठ जस्तै अरु सात जनाको अडियो सार्वजनिक गर्न बाँकी छ । आठवटा ठूला चन्दाका डिमान्डमध्ये एउटा मात्र सार्वजनिक गरिएको हो ।’ उनले भने, ‘बाँकी सात वटाले कति जनाको जग हल्लिन्छ त्यो पछि हेर्नु होला ।’

सांसद ढाकाकुमार श्रेष्ठ र प्रसाईँबीच रकम लेनदेनको अडियो सार्वजनिक भएपछि राजनीतिमा नयाँ तरंग आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *