दुर्गा प्रसाईं र सांसद ढाकाको अर्को अडियो बाहिरियो, ‘मेरो आवाज होइन’ भनेका ढाका प्रसाईंसँग ‘डिल’ गर्दै

सार्वजनिक विज्ञप्ति मार्फत घुस प्रकरण अस्वीकार गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अर्को अडियो सार्वजनिक भएको छ। यसअघि पहिलो अडियो सार्वजनिक गरेको कपुरकोटले त्यसपछि ढाका र उनको टिमले गरेको कुराकानी बाहिर ल्याएको हो।

अडियो बाहिर आएपछि आफूलाई गाह्रो परेको भन्दै मिलाइदिन प्रसाईंसँग आग्रह गरिरहेको अडियोमा बुझ्न सकिन्छ। सुरुमा ढाकाका पीए र भाइ बताउने व्यक्तिले दुर्गा प्रसाईंसँग कुरा गर्छन्। पछि दुर्गा प्रसाईंका सहयोगीसँग भने ढाकाले नै कुरा गरेको अडियोमा खुल्छ।

दुर्गा प्रसाईं र ढाकाको भाइ बताउँने व्यक्तिबीच यस्तो सम्बाद हुन्छः

पार्टीले कारबाही गर्यो, साधारण सदस्य पनि नरहने, सांसद पनि जाने दाइले भेट्न खोज्नु भएको छ।

प्रसाईं सोध्छन्– मैले के गर्दा हुन्छ त भन्नु न । ढाका कुमार श्रेष्ठको त गल्ती होइन नि, माग्न लगाउनेको पो गल्ती हो त कुरा बुझ्नु भएन भाइ।

जे भएपनि बीचमा दाइलाई पार्यो क्यारे लाटो, सोझो मान्छेलाई। त्यही त अब हजुरले यसो बुझिदिनु पर्यो यो कुरालाई।

मैले के गरिदिउँ त भन्नु न त म सहयोग गरिहाल्छु नि।

एकचोटी दाइले भेट्न खोज्नु भएको थियो हजुरलाई कता हुनुहुन्छ ?

म आज विरगन्जको कार्यक्रममा छु । मलाई भरे बेलुका भेट्नु भनिदिनु न त ल।

वीरगन्ज कहाँ हुनुहुन्छ ?

वीरगन्ज यो कार्यक्रममा आइरछु नित। बैंक, लघुवित्त र सहकारीले सिध्याइहाल्यो। रवि लामिछानेहरु यस्तै लुट्न गएका छन् त्यहाँ। तपाईले बुझ्नुभयो। मलाई एउटा कुरा चित्त नबुझेको क्या। सांसद बनाउँदा पनि पैसा लिने, मन्त्री हुँदा पनि पैसा लिने यो त भएन नि पार्टी अध्यक्षहरुको।

यो त खोइ अब के हो दाइहरुको बुझिएन क्यारे। त्यही त दाइले एकचोटी कुरा गर्न त भन्नु भएको थियो ।

त्यसपछि ढाका कुमारले दुर्गा प्रसाईंका सहयोगी यदु गौतमलाई फोन गरेर दुर्गा प्रसाईले यदि मेरो बारेमा पोजेटिभ बोलिदिनु भयो भने केही हुन्थ्यो कि एउटा माहोल बन्थ्यो कि भनेका थिए।

सुरुमा यदुले कुरा गरेको सुनिन्छ, ढाका बोलेको भने सुनिँदैन।

पछि लाउडस्पिकरमा आउज बनाउँछन्। अनि ढाकाले भन्छन्, ‘दुर्गा प्रसाईजीले केही अडिओको बारेमा पोजेटिभ बोलिदिनु भयो भने सहयोग हुन्थ्यो भन्ने हो।’

त्यसपछि यदुले त्यो विषयमा भरे सल्लाह गरौँला अहिले म बाटोमा छु भन्दै फोन राख्छन्।

यसअघि ढाकाले अडिओ आफ्नो नभएको भन्दै खण्डन गरेका थिए। आइतबार उनले २ करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएको थियो।

तर रास्वपाले उनलाई २४ घण्टे स्पष्टिकरण सोधिसकेको छ। त्यसको जवाफ बुझाइसकेका पनि छन्। संसदमा समेत सोमबार यो विषय छानविन हुनु पर्ने आवाज उठेको छ। रास्वपाले तीन दिनभित्रमा छानविन प्रतिवेदन तयार हुने र त्यसपछि कारबाही बारे निर्णय लिने जनाएको छ।

अहिले ढाकालाई सांसद र रास्वपाको साधारण सदस्यमा समेत काम नगर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *