लौरो अभियानले स्वर्णिमलाई सघाउने

काठमाडौँ । तनहुँ १ मा हुन लागेको प्रतिनिधि सभा सदस्य उपचुनावमा हाम्रो नेपाली पार्टी (लौरो अभियान)ले रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएको छ ।

१० वैशाखमा हुने उक्त उपचुनावमा उक्त पार्टीले आफ्नो उम्मेदवार नउठाई रास्वपाकै उम्मेदवार डा. वाग्लेलाई समर्थन गर्ने निर्णय गरेको हो ।

एक विज्ञप्ति जारी गर्दै उक्त पार्टीले डा. वाग्लेले आर्थिक क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा विज्ञता हासिल गगरेको र हालको अवस्थामा उनको विज्ञता नेपालको संसदमा यथाशीघ्र आवश्यक रहेको भन्दै उनलाई सघाउने निर्णय गरेको जनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *