संसदका दुवै सदनमा डा. ढाकाको टेलिफोन संवादबारे चासो, कुन सांसदले के भने ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद डा.ढाकाकुमार श्रेष्ठको टेलिफोन संवादका विषयमा संघीय संसदको दुवै सदनको बैठकमा अधिकांश सांसदहरूले प्रश्न उठाएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा सांसद श्रेष्ठको टेलिफोन संवादको विषयमा सांसदहरूले छानबिन गर्न माग राखेका हुन् । आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग आफू स्वास्थ्यमन्त्री बन्ने भन्दै सांसद श्रेष्ठले दुई करोड माग गरेको अडियो सार्वजनिक भएको विषयमा सोमवारको दुवै सदनको बैठकमा सांसदहरूले उक्त विषय उठान गरेका हुन् ।

अधिकांश सांसदहरूले बैठकमा सांसद श्रेष्ठलाई कारबाही गरी छानबिन गर्न सरकारसँग माग गरेका हुन् । सांसदहरूले सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको आरोप पनि लगाए ।

सांसदहरूले मन्त्री बन्नको लागि घुस माग्ने सांसदलाई सरकारले त्यसै छोड्न नहुने भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा।ढाकाकुमार श्रेष्ठको टेलिफोन संवाद छानबिन गर्न संसदीय समिति गठनको माग गरे । उनले श्रेष्ठको फोन संवाद भ्रष्टाचारसँग सम्बन्धित रहेको भन्दै सांसदले संसदीय समिति बनाएर निष्पक्ष छानबिन हुनुपर्ने दाबी गरे । संवादमा साढे २ करोड रुपैयाँ कोर टिमलाई बुझाउनुपर्छ भनेको भन्दै कोर टिमको समेत छानबिन आवश्यक रहेको बताए । सांसद गुरुङले संसद सदस्यले गरेको कमिसन, भ्रष्टाचारसँग सम्बन्धित वार्तालापका सन्दर्भमा संसद चुप लागेर बस्न नहुने भन्दै संसदीय समिति बनाएर निष्पक्ष छानबिन गर्न माग गरे ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान गठबन्धनको सरकारले सिंहदरबारलाई भष्टाचारको अखडा बनाउन खोजेको बताए । उनले गठबन्धन सरकारकै सांसदले स्वास्थ्य मन्त्री हुन मेडिकल व्यवसायीसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएसँगै सिंहदरबारलाई भष्टाचारको अखडा बनाउन खोजिएको बताउनु भयो । उहाँले गठबन्धनका नेताहरूले घुस काण्डका विषयमा संसदमा जानकारी दिन माग समेत गरे ।

त्यस्तै, राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद दिलकुमारी थापा रावल ९पार्वती० ले दुई करोड घुस माग्ने सांसद ढाकाकुमार श्रेष्ठबारे सत्य तथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरिन् । उनले त्यस्ता घटना सत्य भए नभएको तथ्य बाहिर ल्याउन सरकारले तत्काल छानबिन गर्नुपर्ने बताइन् ।

नेकपा एमालेका सांसद ऋषि केश पोखरेलले ‘स्वास्थ्य मन्त्रीको भाउ दुई करोड पुगेछ भन्दै व्यङ्ग्य गरे । उनले स्वास्थ्य मन्त्रीको भाउ दुई करोड पुग्दा अरू मालदार मन्त्रीहरूको कति होला रु भन्दै प्रश्न गरे । उनले भ्रष्टाचारकै कारण नेताहरू सामाजिक रूपमै बहिष्कारमा पर्नसक्ने चेतावनी दिए ।

त्यस्तै,राष्ट्रिय सभाका सांसद उदयबहादुर बोहोराले ८७५ जना नेपालीलाई भुटानी बनाउने राजनीतिक संलग्नता ५० लाख असुल गरिएको विषयहरू बाहिर आउन नपाउँदै सांसदले २ करोड घुस मागेको अडियो बाहिर आएको बताए । उनले स्वास्थ्य मन्त्री बन्ने सांसद श्रेष्ठले व्यवसायीलाई मन्त्री बनेर अस्पताललाई दिने लेटर अफ इन्टेक शिक्षा मन्त्रालयले दिन्छ भन्ने ज्ञान समेत नभएको देखिएको बताए । उनले अडियो झुटो हो भने पनि झुटो नभएको भन्दै झुटो भए छानबिन गरी दुर्गा प्रसाइलाइ कारबाही गर्नुपर्ने बताए । उनले सांसदबाट नै हुने यस्ता भ्रष्टाचारजन्य गतिविधिहरू मौलाउँदै जाने हो भने मुलुक कस्तो हुन्छ रु भन्दै प्रश्न गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टीका प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणमा माफी मागे । उनले अडियो सार्वजनिक घटनाले प्रतिनिधि सभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा याचना गरे । उनले संसदको गरिमा बढाउने रास्वपाको अभियानमा अक्षुण रहने भन्दै यो घटनाले विचलित हुने नहुने बताए । उनले राष्ट्रिय पार्टीहरू यस्ता घटनाबाट टाढा रहनुपर्ने बताए ।

अडियो सार्वजनिक भएपछि रास्वपा ले श्रेष्ठलाई जिम्मेवारीबाट मुक्त गरी ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको र पार्टीको अनुशासन समितिले छानबिन गरिरहेको प्रमुख सचेतक परियारले बताए । उनले घुस माग्ने अडियो सार्वजनिक घटना पहिलो पटक नभएको भन्दै विगतमा पनि यस्ता घटना भएको र सबैको सत्य तथ्य छानबिन हुन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *