जोशी समूह र कांग्रेसबीच कुरा मिलेन, बिना सहमति वार्ता टुङ्गियो

पोखरा । नेपाली कांग्रेस र गोविन्दराज जोशी समूहबीचको वार्ता असफल भएको छ । जोशीका छोरा दीपकराज जोशीले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका हुन् ।

दुई पक्ष बीचको भेटमा देउवाले गोविन्द जोशीलाई सम्मानजनक ठाउँ दिन तयार रहे पनि समूहका अन्यको व्यवस्थापनमा चासो नदिएका जोशीले बताए ।

‘समस्याको निकास निकाल्ने भन्दा अलमल्याउने प्रयास काङ्ग्रेसबाट भयो,’ मकालुखबरसँग उनले भने, ‘आजको छलफल विना निष्कर्ष टुङ्गियो । चुनावी रणनीतिमा मात्रै कांग्रेस उभियो ।’

जोशीले जिल्लामा आफ्नो समूहलाई ३३ प्रतिशत हिस्सा खोजेका थिए । अब जिल्लामा आफ्नो समूहसँग छलफल गरेर थप निर्णय लिने जोशीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *