अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे तेस्रो संशोधन विधेयक २०७९ राष्ट्रियसभाबाट पारित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९ राष्ट्रियसभाबाट पारित भएको छ ।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री डा। बेदुराम भुसालले पेस गरेको सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै कृषि तथा पशुपक्षी विकास मन्त्री भुसालले सो विधेयक प्रतिनिधिसभामा पनि छलफल गरी समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामको दायरालाई समेट्ने गरी सो विधेयक संशोधन गर्नु परेको पनि स्पष्ट पारे ।

बैठकमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन २०७८-७९ र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बत्तिस वार्षिक प्रतिवेदन पनि पेस गरिएको छ । दुवै प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्री बेदुराम भुसालले पेस गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *