घर भत्किएपछि मिर्चैयाका सुकुम्बासी र व्यापारी आन्दोलित

जनकपुरधाम । सिरहाको मिर्चैयाको नगरपालिकाले सुकुम्बासी र व्यापारीहरूको घर भत्किएपछि आन्दोलन सुरु भएको छ । बजारमा झन्डै सात दशकदेखि घर बनाएर बसोबास तथा व्यापार व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारीहरूको घर नगरपालिकाले भत्काइदिएपछि उनीहरू आन्दोलनमा उत्रेका छन् ।

आइतबार आन्दोलित उनीहरू मिर्चैया बजारमा प्रदर्शन गरेका हुन् । नगरपालिकाले आफूहरूलाई संरक्षण गर्नुको सट्टा ज्यादती गरेको भन्दै उनीहरू प्रदर्शन गरेको छ ।

गाउँब्लक र बहाल बिक्टोरीको जग्गा अतिक्रमण गरिएको भन्दै केही समयअघि उक्त जग्गामा बनेका संरचनाहरू नगरपालिकाले स्थानीयको विरोधका बाबजुद भत्काइदिएको थियो । तर, नगरपालिकाले आफूहरूको बस्ने तथा व्यवसाय गरेर बाँच्ने सुनिश्चितता नै नगरी चालेको यो कदमले बेघर बनेको, व्यापार व्यवसाय बन्द हुँदा रोजीरोटीको आधार नै गुमेको लगायतका दुखेसो उनीहरूको छ ।

आफूहरूलाई बस्न र व्यापार गर्नका निम्ति तत्काल व्यवस्था गरिनुपर्ने, नगरपालिकाले घर भत्काउँदा भएको क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति दिइनुपर्ने, बस्दै आएको जग्गाको लालपुर्जा दिइनुपर्ने, आफूहरूमाथि ज्यादती भएकाले छानबिन गरी न्याय दिइनुपर्ने लगायतका माग उनीहरूले गरेका छन् । आफूहरूको मागको सुनुवाइ नभए सशक्त आन्दोलन गर्ने चेतावनी उनीहरूको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *