चैत २६ गते : कुन-कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना ?

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागको मौसम आंशिक देखि सामान्य बदली रहेको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशको पहाडी भू-भागमा पनि वर्षाको सम्भावना रहेको छ ।

राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । सोमबार पनि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eighteen =