मेयर बालेनको घोषणा- आजबाट सिंहदरबारको फोहोर उठ्दैन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठ्ने घोषणा गरेका छन् । उपत्यकाको फोहोर नुवाकोट र धादिङमा व्यवस्थापनका लागि संघीय सरकारले असहयोग गरेको बताएका बालेनले आजबाट सिंहदरबारको फोहोर नउठ्ने घोषणा गरेका हुन् ।

उनले शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै फोहोर नउठ्ने घोषणा मात्र गरेका छैनन् राजनीतिक दलका नेताहरूप्रति कडा टिप्पणी गरे । ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ,’ मेयर बालेनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 18 =