नेकपा एस त्याग्ने तयारीमा तेस्रो वरियताका नेता मुकुन्द न्यौपाने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्यागको तयारी गरेका छन् । उनले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छाड्ने तयारी गरेका हुन् ।

अध्यक्ष माधव नेपाल र झलनाथ खनालपछि तेस्रो वरियतामा रहेका नेता न्यौपाने एमालेसँग अलग भएपछि पार्टी एकीकरणको मुद्दा उठाउँदै आएका छन् । एमालेसँग पार्टी एकीकरण गर्ने माग गर्दा उनीमाथि स्पष्टीकरण सोधिएको थियो । न्यौपानेले आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टी छाडेको घोषणा गर्ने तयारी गरेको उनी निकट स्रोतको भनाई छ ।

नेकपा एमालेमा छँदा उनी मजदुर संगठनको नेतृत्व गर्ने नेताको रुपमा चिनिन्थे । उनले एमालेमा प्रवेश गर्ने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =