मोहन वैद्य र धर्मेन्द्र बास्तोलाका पार्टीबीच एकता
२०७९ चैत २४ गते

काठमाडौँ । दुईवटा कम्युनिष्ट पार्टीबीच एकता हुँदैछ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकता हुने भएको हो ।
नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिविधि गर्दै आएका थिए । नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलाका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा दिउँसो १२ बजे दुई पार्टीबीचमा एकीकरण घोषणा सभा हुँदैछ ।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’बीच लामो समययता पार्टी एकताका लागि छलफल हुँदै आएको थियो ।
२०७९ चैत २४ गते
प्रतिक्रिया
सम्बन्धित








