मधेश प्रदेश : एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले दिए राजीनामा

जनकपुरधाम । सबभन्दा ठूलो दल नेकपा एमाले आज मधेश सरकारबाट बाहिरिएकाे छ । एमालेका चारै मन्त्री र एक राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई सामुहिक राजीनामा बुझाएका हुन् ।

एमालेबाट मन्त्री बनेकाहरु भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, गृह तथा सञ्चार मन्त्री शत्रुघन प्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राजकुमार लेखी, महिला बालबालिका, यूवा तथा खेलकूद मन्त्री मो. जैद आलम र गृह तथा संचार राज्यमंत्री केशव रायले संयुक्त राजीनामा बुझाएका छन् ।

यो प्रदेशमा एमाले २३ सांसद सहित सबभन्दा ठूलो दल छ । एमाले अब प्रदेशको मुख्य प्रतिपक्षी दल बनेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *