रविले पत्रकार हुँदा नेता खराब र नेता हुँदा पत्रकार खराब भने : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रवि लामिछानेले पत्रकार हुँदा नेता खराब र नेता भएपछि पत्रकार खराब भनेको भन्दै आलोचना गरेका छन् ।

प्रतिनिधि सभा सदस्य उपनिर्वाचको उम्मेदवारी दर्ताका विषयमा चितवन २ मा आयोजना गरिएको कार्यक्रमलाई सम्बोन गर्दै उनले यस्तो बताएका हुन् ।

‘आफै, वकिल, आफैँ न्यायाधीश बन्न मिल्छ,’ उनले भने, ‘रवि लामिछानेले हिजो पत्रकार हुँदा नेता खराब भने, आज नेता हुँदा पत्र खराब भन्दैछन् ।’

उनले चितवनका मतदाताले ‘नो नट अगेन’को नारा दिएका उम्मेदवारलाई पत्याएर नयाँलाई छानेको तर नयाँ प्रतिनिधिले पुनः पुरानै राजनीतिक नेताले नेतृत्व गरेको सरकारमा जान मरिहत्ते गरेको बताए ।

उनले निर्वाचनमा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले चितवन २ मा जित हासिल गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *