तनहुँ १ मा एमालेका सर्वेन्द्र खनालले दर्ता गरे उम्मेदवारी मनोनयन

काठमाडौँ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचतका लागि नेकपा एमालेबाट तनहुँ १ मा सर्वेन्द्रनाथ खनालले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा पुगेर खनालले साेमबार दिउँसो १:५५ उम्मेदवारी मनाेनयन दर्ता गरेका हुन् । उनको प्रस्तावकमा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य भगवती न्याैपाने र केन्द्रीय परिषद् सल्लाहकार सदस्य एकबहादुर राना समर्थक छन् ।

पूर्व प्रहरी प्रमुख खनाल यसअघि ४ मंसिरको निर्वाचनमा एमालेबाटै काठमाडौँ–६ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए । तर, उनी निर्वाचनमा उनी पराजित भएका थिए ।

 मा निर्वाचन कार्यालय पुगेर खनालले आफ्नो उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा एमालेको केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य भगवती न्याैपाने र केन्द्रीय परिषद सल्लाहकार सदस्य एक बहादुर राना समर्थक बसेका छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *