रविको राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरूद्ध रिट दर्ता, भोलि सुनुवाइ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राहदानी दुरुपयोग गरेको कसुरमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन दर्ता भएको छ ।

आइतबार दिउँसो सिन्धुलीका युवराज सफलले दायर गरेको रिट अदालत प्रशासनले दर्ता गरेको हो । उक्त रिट निवेदनमाथिको सुनुवाई भोली हुने सर्वोच्चका प्रशासनले जनाएको छ ।

रवि लामिछानेले कायम नरहेको अवस्थाको नेपाली नागरिकता प्रयोग गरी नेपाली राहदानी लिएको र उक्त राहदानी प्रयोग गरेको भन्दै उनीविरुद्ध राहदानी दूरुपयोगको कसुरमा कारवाही अघि बढाउन यसअघि सफलले प्रहरीमा उजुरी गरेका थिए । तर, प्ररहीले उक्त मुद्दा चलाउन आवश्यक नभएको भन्दै मुद्दा नचलाउन सरकारी वविकलको कार्यालयलाई सिफारिस गरेको थियो ।

सरकारी वकिलको कार्यालयकै सिफारिसमा महान्यायाधिवक्ता कार्यालयले रविविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय ६ चैतमा गरेको थियो । तर, लामिछाने चितव २ बाट उम्मेदवारी दिने तयारी गरेपछि सफलले आइतबार फेरि महान्यायाधिवक्ताको उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट हालेका हुन् ।

यसअघि पनि नागरिकता विवादमा सर्वोच्चको आदेशसँगै रवि लामिछानेले सांसद पदसँगै उपप्रधानमन्त्री, गृहमन्त्री र पार्टी सभापतिको पदसमेत गुमाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *