राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यवधान चिर्न सक्ने उम्मेदवारका रुपमा उठेकाे छु : सर्वेन्द्र खनाल

काठमाडौँ । प्रतिनिधि सभा उपनिर्वाचनमा तनहुँ–१ बाट उम्मेदवारी दिन लागेका सर्वेन्द्रनाथ खानालले आफूले राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यवधान चिर्न सक्ने उम्मेदवारका रुपमा आफू उपयुक्त उम्मेदवार भएको बताएका छन् । १० वैशाखामा हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि मकालुखबरसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘यहाँका उम्मेद्वारले योग्य उम्मेदवार चिन्नुहुन्छ,’ उनले भने, ‘सरकार चलाउनका लागि अंक गणित मात्रै हेर्ने कि, राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा आफ्नो शीर ठाडो बनाएर हिड्न सक्ने बनाउन उपयुक्त उम्मेदवार चयन गर्ने भन्ने विषय यहाँका आम मतदातालाई थाहा छ ।’

नेकपा एमालेबाट उम्मेदवार बन्न लागेका उनले पार्टीको सिद्धान्त एकातिर थन्क्याएर अहिलेको सत्तागठबन्धन बनेको बताए ।

‘कुन राजनीतिक सिद्धान्तको रुपमा अहिलेको सत्ता गठबन्धन बनेको छ भन्ने यहाँका नागरिकले बुझ्नु भएको छ,’ उनले भने, ‘देश विकास गरेर नेपालीको शीर ठाडो बनाउन सक्ने गरी काम गर्न, प्रत्येक नेपालको साझा उम्मेदवारको रुपमा उम्मेदवारी दिन लागेको छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *