कुञ्ज नाटकघरमा ‘मार्क्स फर्किए’ (तस्बिरहरू)

काठमाडौँ । थापागाउँस्थित आरोहण गुरुकुलको कुञ्ज नाटकघरमा अहिले नाटक ‘मार्क्स फर्किए’ मञ्चन भइरहेको छ । सुनिल पोखरेल र प्रवीण खतिवडाको परिकल्पना र निर्देशनमा तयार भएको नाटक यही चैत्र १७ गतेदेखि मञ्चन सुरुभएको हो ।

मार्क्सको १४० वर्षअघिको कठीनपूर्ण जीवन, उनका परिवारजन र उनको संघर्षबारेको जिज्ञासा शान्त गर्न अमेरिकी इतिहासकार तथा वामचिन्तक हवार्ड जीनद्वारा लिखित नाटक ‘मार्क्स इनसोहो’लाई दामोदर उपाध्यायले अनुवाद गरी नेपाली संस्करणमा तयार पारेका हुन् ।

पुँजीवादी विश्वले मार्क्सलाई धेरै पटक मार्‍यो र इतिहासको अन्त्य भएको घोषणा गर्‍यो । तर विश्वका हरेक संकटमा मार्क्स आइरहन्छन् र पुँजीवादका बारेमा आफ्ना उद्घोष हरदम सत्य साबित गरिरहन्छन् । यस पटक पनि आफ्‌नो उद्घोष सत्य साबित गर्न कुञ्ज नाटकघरमा ‘मार्क्स फर्किए’का छन् ।

नाटकमा उत्सव बुढाथोकीले सङ्गीत सम्पादन गरेका छन् भने सुजाता भट्टराईको भेषभुषा रहेको छ । सुनिल पोखरेल, निशा शर्मा, रामभजन कामत, राज न्यौपाने, सुवास तिमल्सिना, सुनिशा बजगाईँ आदि कलाकारहरूको अभियान रहेको नाटक, हुम बिसीले  निर्माण गरेका हुन् ।

नाटक वैशाख ९ गतेसम्म सोमबार बाहेक हरेक दिन साँझ ५ः३० बजे मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे पनि मञ्चन हुने आरोहण गुरुकुलले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *