कोशीमा अहिलेकै सरकारलाई जसपाकाे साथ छ : अशोक राई

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थनबाट जनता समाजवादी पार्टीले निरन्तरता दिने भएको छ । जसपाका वरिष्ठ नेता तथा संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले कोशी प्रदेश सरकारलाई पार्टीले दिएको समर्थन कायम रहने बताएका हुन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता तथा मन्त्री राईले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् । उनले अहिलेसम्म कुनै सरकार फेरबदलको योजना नरहेको समेत राईले बताए ।

कोशी प्रदेशको अलग अस्तित्व भएको सरकार रहेको हुँदा केन्द्रको मातहतको निकाय नभएको बताए । प्रदेशमा आफ्नो किसिमको आवश्यकताअनुसार गठबन्धन सरकार सञ्चालन हुने राईको भनाइ छ । उनले कोशी प्रदेश नामाकरणको विषयमा असन्तुष्ट पक्षसँग प्रधानमन्त्री र प्रदेश सरकारले वार्ताबाट समाधान निकाल्नुपर्ने बताए ।

नामकरणप्रति लोकतन्त्रमा जनताले आफ्नो मत व्यक्त गर्ने अधिकारअनुरूप विरोध भएको उनको भनाई छ। जनताले माग एवं अधिकार प्राप्त गर्न शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *