चैत १९ गते : कुन-कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

सोमबार कोशी, गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =