कान्छिदोकानमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन गम्भीर
२०७९ चैत १८ गते

काठमाडौँ । पाँचथरको फिदिममा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका-३ कान्छिदोकानस्थित मेची राजमार्गमा गएराति एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरकाअनुसार प्रदेश १-०१-००१-च ९३४९ नम्बरको कार दुर्घटना हुँदा झापाको बिर्तामोड १ निवासी १८ वर्षीया रश्मि भुजेको मृत्यु भएको हो । गम्भीर घाइते भएकी रश्मिलाई उपचारका लागि पाँचथर अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घाइते राजु भुजेल, सीता भुजेल र लीला भुजेलको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि राति नै झापा रेफर गरिएको छ । ताप्लेजुङदेखि झापा फर्कँदै गरेको कार दुर्घटनामा परेको हो ।
२०७९ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित








