शनिबार वाग्ले र खरेलसहित रास्वपाको पत्रकार सम्मेलन
२०७९ चैत १७ गते

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी उपनिर्वाचनमा उठाउने उम्मेदवारको टुंगो लगाएको छ। शनिबार दिउँसो ४ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उम्मेदवार बारे सार्वजनिक गर्ने तयारी गरेको हो।
पत्रकार सम्मेलनमा अध्यक्ष रवि लामिछानेसँगै कांग्रेस छाडेर रास्वपा पुगेका स्वर्णिम वाग्ले र शुसान पार्टीका अध्यक्ष समेत रहेका रमेश खरेल पनि सहभागी हुने भएका छन्।
अध्यक्ष लामिछाने चितवन २ बाट, वाग्ले तनहुँ १ बाट र खरेल बारा २ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निर्णय भएको छ।
बिहीबार दुवै नेता रास्वपामा सार्वजनिक भएका थिए। खरेल नेतृत्वको पार्टी भने रास्वपामा मर्ज नै हुने भएको छ। यसबारे उपनिर्वाचनपछि निर्णय हुने रमेश खरेलले बताए।
२०७९ चैत १७ गते
प्रतिक्रिया
सम्बन्धित








