प्रधानमन्त्रीले भेटे राष्ट्रपति, एकै चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

काठमाडौँ । शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा आज दिउँसो ३ बजेसम्ममा मन्त्रीपरिषद् विस्तार गर्ने बारेमा कुराकानी भएको प्रधानमन्त्रीका सचिवालय सदस्य मनहरि तिम्सिनाले बताए ।

उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीबीच मन्त्रिपरिषद् विस्तार, शपथलगायतका विषयमा छलफल भयो । आज ३ बजे शपथ गरौँ भन्ने कुरा भएका छ । केही नामहरू आएका छन् । केही भरेसम्ममा आउँला । एकै चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।’

उनले थपे प्रधानमन्त्रीले आज दिउँसो ३ बजेभित्र सत्ता गठबन्धनका सबै राजनीतिक दलसँग मन्त्रीको नाम माग्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =